लामो समय ‘कोमा’मा रहेको चलचित्र क्षेत्र र सरकारले छम्केकाे पानी

तर्कबहादुर थापा
१७ भदौ २०७८ १३:५५

काठमाडौं। लामो समय ‘कोमा’मा रहेको नेपाली चलचित्र क्षेत्रले सरकारको बुधबारको निर्णयपछि राहतको सास फेरेको छ। डेढ वर्षसम्म ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउँन सरकारले आजदेखि लागुहुने गरी हल खोल्ने निर्णय गरेको हो।

डेढवर्ष लामो बन्दका कारण सुकेको चलचित्रमा सरकारले पानी चुहाएको हो। अर्को महामारी भएन भने विस्तारै पालुवा फेर्ने नै छ। तर, चलचित्र घरहरु खोल्ने निर्णय सरकारले गरे पनि हल संचालक भने तयारी भइसकेका छैनन्।

केही चर्चित चलचित्रघरहरु सदाका लागि बन्द भएका छन् भने गोपिकृष्ण चललिचत्रको भवनसमेत भत्तकाइएको छ। भवन भक्ताउँदा तीन वटा पर्दा नचल्ने भएका छन्। यस्तै नाम चलेका जयनेपाल हल र कुमारी हल सधैका लागि बन्द भए।

ठूला ठूला चलचित्र घरहरु बन्द भएपछि चलचित्र प्रति चासो राख्ने सबैमा निराशा छाउनु स्वभाविक हो। चचित्रबाट मात्र जीवन धानेकहरुलाई कोरोना काल कटाउन फलामको चिउरा चपाउनु सरह भएको छ।

कतिपय चलचित्रका कलाकारहरुले म्यूजिक भिडियोमा आफूलाई क्रियाशील राखे। जसका कारण उनीहरुको दैनिकि चलिरहेको थियो। लकडाउन सुरु हुनभन्दा पहिला छायांकन भएका चलचित्रहरु पनि फिल्म हलमा लगाउन पाएका थिएनन्। चलचित्र हलमा फिल्म नलागेपछि लगानीकर्ताहरुको लगानी डुबेको छ। भने कतियले डिजिटल प्लेटफर्म युट्युवबाट फिल्म रिलिज गरेका थिए।

हल तयारी छन् फिल्म पाएका छैनौ

हल संचालकहरुले फिल्मको पर्खाईमा रहेको बताएका छन्। नयाँबानेश्वर स्थित आइप्लेक्स मलमा रहेको वान सिनेमाका संचालक रेनिसा राई आफूहरु तयारी अवस्थामा रहेको बताउँछिन्। उनले लामो समयसम्म चलचित्र नभएका कारण थन्किएका हलहरुलाई आन्तरिक तयारी गरिएको बताइन्।

हल म्यानेजर उमेशराज गिरी पनि आफूहरुले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार हलहरुलाई सुरक्षित गराएको बताउँछन्। उनले चलचित्र आएपछि चलाउन सकिने र दर्शकका लागि आवश्यक स्वाथ्य मापदण्ड तयारी अवस्थामा रहेको जानकारी दिए।

उनले भने, ‘हामी तयारी अवस्थामा छौं। हलमा प्रवेश गर्नेलाई मास्क अनिवार्य गराईएको छ। हलमा सेनिटाइजरको व्यवस्था गरिएको छ। भने हलभित्र पनि दुरी कायम गर्ने गरी व्यवस्था मिलाएका छौं।’

लामो सयमसम्म चलचित्र उद्योग नै बन्द भएपछि फिल्म वितरकहरु पनि मारमा परेका थिए। फिल्म वितरक संस्था एफडिका अध्येक्ष नरेन्द्र महर्जन वितरणका लागि तयारी भइरहेको बताउँछन्।

उनले भने, ‘चलचित्र चलाउन पसलहरु खोलेजस्तो सजिलो हुदैन। पसलमा सामान राखिएको हुन्छ। सरकारले खुलाउनुहोस् भनेपछि गयो सटर खोल्यो। त्यस्तो कहाँ हुन्छ? कम्तिमा नयाँ फिल्म रिलिज भयो भने प्रचारप्रसारमा पनि ३ देखि ४ हप्ता लाग्छ। विदेशी फिल्म ल्याउन पनि ल्याएपछि धेरै प्रक्रिया पुर्‍याएर मात्र प्रदर्शनमा दिइन्छ। सम्भवतः अर्को मंगलबारदेखि फिल्म वितरण गर्ने गरी तयारी गरिरहेका छौं।’

फिल्म उत्पादन गर्नेहरुले पनि लामो समयदेखि फिल्महरु उत्पादन नगरेका कारण तत्काल नेपाली चलचित्र पाउन गाह्रो भएको उनको भनाइ छ। उनले अहिले पुरानो नेपाली फिल्म वा विदेशी फिल्ममात्र ल्याएर चलाउन मिल्ने बताए।

‘चलेको पुरानो नेपाली फिल्म लगाएमात्र,’ उनले भने, ‘अहिले नयाँ फिल्म छैन। सबैलाई थाहा भएकै कुरा हो। भए पनि समय लाग्छ। त्यसैले कम्तिमा पनि नेपाली फिल्म रिलिजको लागि ३ हप्ता लाग्छ नै।’

उत्साहित कलाकार

चलचित्र क्षेत्र खुल्न थालेपछि कलाकार भने उत्साहित भएका छन्। चलचित्रमा काम गर्ने उनीहरु लामो समयदेखि म्यूजिक भिडियोबाट आफ्नो दैनिकी चलाउँदै आएका थिए।

अहिले ‘म राजेश हमाल’ चलचित्र गरिरहेका एवन उप्रेती अलिकति भए पनि आशा लागेको बताउँछन्। उनले लामो समयदेखि चलचित्र नपाए पनि म्यूजिक भिडियो भने नखेलेको जानकारी दिए।

उनले भने, ‘अहिले खुसि लागेको छ। डेढ वर्षपछि भए पनि चलचित्र क्षेत्र खुल्न थालेपछि म मात्र होइन साथीहरु पनि खुसिहुनु हुन्छ। धेरैले म्यूजिक भिडियोमार्फत आफूलाई एक्टिभ राख्नु भएको थियो। तर, म भने त्यता लागेन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *