एनआरएनए महिला सचिवमा अष्ट्रेलियाबाट भोमा लिम्बुको उम्मेदवारी

डिसी नेपाल
१७ भदौ २०७८ १४:३२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चयन हुने नयाँ कार्यसमितिका लागि महिला सचिव पदमा अष्ट्रेलियाबाट भोमा लिम्बुले उम्मेदवारी दिने घोषणा गरेकी छन् । वर्तमान कार्यसमितिमा महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी लिम्बुले सन् २०२१–२०२३ कार्यकालका लागि महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन ।

प्रवासमा बस्ने नेपाली महिलाहरुको शशक्तिकरण, नेतृत्व विकास र एनआरएनए अभियानका लागि अझ सक्रिय भएर लाग्नका लागि एनआरएनए महिला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताएकी छन् । साथै, उनले विश्वभरका नेपालीमाझ सहयोगको अपिल गर्दै भनेकी छन–‘लामो समयदेखिको अनुभव प्रयोग गर्दै थप जिम्मेवारी वहनका लागि अघि बढेकी हुँ, यसका लागि यहाँहरुबाट विगतमा झै साथ, सहयोग र सुभेच्छाको आशा राखेकी छु ।’

उनले एनआरएनए अष्ट्रेलियाको सचिव र उपाध्यक्ष, आईसीसी सदस्य, एनआरएनए ओशिनिया उपसंयोजक, पुनः आईसीसी सदस्य हुँदै हाल आइसीसी महिला संयोजकको भूमिका सफलतापूर्वक निभाएकी छन् ।
उनले विदेशमा रहेका महिलाको समस्या धेरै रहेको भन्दै यसलाई न्यूनिकरण गर्न एनआरएनए आइसीसीमार्फतनै पहलकदमी भूमिका निभाउन आफू प्रतिवद्ध भएर अघि बढेको बताएकी छन् ।

साथै, प्रवासमा समस्यामा परेका महिलाहरुको उद्धारका लागि ‘महिला उद्धार कोष’ र कानुनी सहायता तथा उनीहरुको पुर्नस्थापनाका लागि नेपालमा सेल्टर हाउस संचालनको विषयलाई प्राथमिकताका साथ उठाउने लिम्बुले बताएकी छन् । एनआरएन अभियानमा लामो समयदेखि सक्रिय लिम्बु एनआरएन अभियानमार्फत विदेश तथा स्वदेशमा संचालित सामाजिक कार्यमा अग्रपंक्तिमा देखिने महिला नेतृ भएका कारण विश्वभर रहेका नेपालीमाझ लोकप्रिय छिन् ।

नेपालमा आएको महाभुकम्पको समयमा एनआरएन अभियानमार्फत उद्धार तथा राहत वितरणमा फिल्डमै पुगेर सक्रिय भूमिका खेलेकी लिम्बुले देशका विभिन्न भागमा बाढिपहिरोको विपति आउदा पनि राहत वितरणका साथै पीडितहरुको माझमै बसेर स्वास्थ्य शिविर संचालनमा अहंम भूमिका खेलेकी थिइन ।

उनले विगतका वर्षदेखिनै विशेषगरी नेपालका ग्रामिण भागमा आङ खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर समेत संचालन गर्दे आएकी छन् । एनआरएन अभियानमा रहेर सदैव सामाजिक कार्यमा अग्रपंक्तिमा रहदै आएकी लिम्बुले आफ्नो कर्मथलो अष्ट्रेलियामा समेत नेपाली कला–संस्कृति, भाषा तथा रितिरिवाज झल्कने विभिन्न कार्यक्रम आयोजना तथा त्यस्ता अभियानलाई सहायता गर्दै आइरहेकी छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *