अर्घाखाँचीमा हाइस दुर्घटना १ को मृत्यु, ५ घाइते
काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस दुर्घटना हुँदा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय विक छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर थापा क्षेत्रीले दुर्घटनमा भूमिकास्थानका २७ वर्षीय श्याम नेपाली र सन्दिखर्क–१ का ३२ वर्षीया सीता मुखिया गम्भीर घाइते भएका छन्।
गम्भीर गाइते र अन्य घाइते सन्दिखर्क – १२ का ६० वर्षीय गोविन्द बस्यालसहित ५ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । हाइसमा ११ जना सवार रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment