एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः सिम्खडा

डिसी नेपाल
२० भदौ २०७८ १९:३६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा युरोपका प्रवासी पत्रकारहरुसँगको एक कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए ।

एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने सिम्खडाको भनाइ छ । एनआरएनएमा पार्टी निकट उमेद्वारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु निकै दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने । पछिल्लो समय एनआरएनएमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हु“,’ सिम्खडाले भने ।

आफ्नो उमेद्वारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाको दाबी छ । ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारस“ग सहकार्य गर्न तयार भएको हु“,’ उनले भने । सिम्खडा अध्यक्षका उमेद्वार बद्री केसीसँग निकट छन् । पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरेपनि अझै धेरै गर्न बाकी रहेको भन्दै आफू सचिव पदका लागि उमेद्वार बनेको बताए ।

एनआरएनएभित्र बौद्धिक तथा भद्र नेताका रुपमा परिचय बनाएका सिम्खडा हाल एनआरएनएका केन्द्रिय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *