भन्सार छली ल्याएको २ लाख बराबरको कपडा बरामद

डिसी नेपाल
२२ भदौ २०७८ १६:१८
88
Shares

काठमाडौं। प्रहरीले भन्सार छली ल्याएको लाखौं मूल्यबराबरको नागढुंगास्थित चेक पोइन्टबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर– ४ का ३६ वर्षीय दावा तामाङ, सुनसरी बाँजोगरा– ७ की ४७ वर्षीया मनिका सुब्बा, मोरङ उर्लाबारी– ८ का ४१ वर्षीय सागर धिमाल र मनाङ निसान– ४ की सुनिता गुरुङले सो कपडा भन्सार छली ल्याएका हुन्।

कपिलवस्तुको कृष्णनगरबाट आएको बा.५ख १२३६ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा डिक्कीभित्र लुकाई राखिएको अवस्थामा उक्त कपडा फेला परेको हो। उक्त सामान दुई लाख रुपैयाँभन्दा धेरै मूल्यबराबरको रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले बरामद कपडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *