एचआईभी संक्रमितका लागि काम गर्ने राजीव काफ्ले पक्राउ

डिसी नेपाल
२२ भदौ २०७८ १८:४२
656
Shares

काठमाडौँ- एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।

काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।गृह मन्त्रालयले काफ्लेलाई पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली बुढानिलकण्ठस्थित उनको कार्यालयमा पुगेको बताइएको छ। काफ्ले एचआआईभी एड्स संक्रमित हुन्।

एनसिबीले अदालतबाट म्याद लिएर अनुसन्धान बढाउने तयारी गरेको छ। काफ्लेसहित उनको संस्थाका केहीलाई पनि पक्राउ गरिएको छ। युवाहरुलाई गाँजा उपलब्ध गराउने र गाँजा सेवनमा उक्साउने उजुरी आएपछि यसअघि पनि एनसिबीले काफ्लेलाई त्यस्ता गतिविधी बन्द गर्न चेतावनी दिएको बुझिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *