विश्वमा कोरोना : २४ घण्टामा थपिए पाँच लाख संक्रमित

डिसी नेपाल
२३ भदौ २०७८ ६:५२
64
Shares

काठमाडौं । विश्वभरमा गत २४ घण्टामा पाँच लाख संक्रमित थपिएका छन्। तथ्याङ्क अनुसार पाँच लाख पाँच हजार आठ सय ६२ जना काेराेनाका संक्रमित थपिएका हुन् । याे संख्यासहित विश्वभरमा कोरोनाबा संक्रमति हुनेको संख्या २२ करोड २६ लाख ८७ हजार पाँच सय ९३ पुगेको छ।

गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ९९ हजार नौ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी भारतमा ३८ हजार, बेलायतमा ३७ हजार, इरानमा २७ हजार, टर्कीमा २३ हजार, मलेसिया र फिललिपिन्समा १८ हजार बढी कोरोनाका संक्रमित थपिएका छन्।

यस्तै, रसियामा १७ हजार, फ्रान्स र भियत्नाममा १४ हजार, थाइल्याण्ड र ब्राजिलमा १३ हजार, जर्मनीमा ९ हजार, जापानमा ८ हजार, क्वुवा र इण्डोनेशियामा ७ हजार, इराक, श्रीलंका,दक्षिण अफ्रिका, स्पेन लगायतका देशहरुमा ५ हजार बढी कोरोनाका संक्रमित थपिएका हुन्।

गत २४ घण्टाकै तथ्याङ्क हेर्नेहो भने पाँच लाख ६३ हजार एक सय जना निको भएका छन् भने आठ हजार दुई सय ९० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ। अमेरिका र रसियामा ७ सय बढीले गत २४ घण्टामा ज्यान गुमाएका छन्।

इण्डोनेसिया र इरानमा ६ सय, भारत, ब्राजिल, मेक्सिको, मलेसियामा ३ सय, टर्की, थाइल्याण्ड र बेलायतमा २ सयबढीले गत २४ घण्टामा ज्यान गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *