आज संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाको विरोध
काठमाडौं । सरकारले बुधबार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ।
तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो।
संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्।
संसद सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ। जुन आजदेखि सुरु हुने संघीय संसदका दुबै सदनमा प्रस्तुत हुने देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment