अक्षय कुमारकी आमाको निधन

डिसी नेपाल
२३ भदौ २०७८ १४:०७

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ । अक्षयकी आमा अरुणा भाटियाको आज निधन भएको हो । आमासँग निकै नजिक रहेका अक्षय यो घटनाले निकै शोकमा छन् । अक्षयले एक भावुक पोस्टका साथ आफ्नी आमाको निधन भएको जानकारी दिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Akshay Kumar (@akshaykumar)

अक्षयले पोस्टमा लेखेका छन् ‘उहाँ मेरो अहम हिस्सा हुनुहुन्थ्यो । आज मलाई असहनीय पीडा भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज यो संसारबाट विदा लिनुभयो । उहाँ अर्को संसारमा मेरा पितासँग फेरि भेट्नुभएको छ । म तपाइँको सहानुभूतिको सम्मान गर्छु किनकि म र मेरो परिवार अहिले निकै कठिन अवस्थामा छ । ओम शान्ति ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *