संसद बैठक सुरु, एमालेको नाराबाजी

डिसी नेपाल
२३ भदौ २०७८ १६:२८
52
Shares

काठमाडौँ- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने भनिएको संसदको अधिवेशन बुधबार सुरु भएको छ।

संसद सुरु हुनेबित्तिकै नेकपा एमालेका सचेतक विशाल भट्टराईले अध्यादेश जारी, एमालेले कारबाही गरेका सांसदहरुलाई कारबाही गर्ने सूचना जारी नगरेको भन्दै विरोध प्रकट गरेका छन्। पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्दा पनि सभामुखले कारवाही सूचना टाँस नगरेको भन्दै बुधबार ४ बजेदेखि सुरु भएको संसद् भवन बैठक अवरुद्ध गरेको हो ।

२०७५ को नियमावली खण्ड ख र ग अन्तर्गत आफूले कद चालेको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् । साथै, १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको आरोप लगाएका थिए । र, बैठक कुनै पनि हालतमा सुचारु गर्न नदिने भने ।

उनले भने, ‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं ।’

प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटालाई एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरेको पनि आरोप लगाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *