प्रतिनिधिसभा बैठक पुनः सुरु, सभामुखविरुद्ध एमाले सांसदको नाराबाजी

डिसी नेपाल
२३ भदौ २०७८ १७:४८
60
Shares

काठमाडौं । १५ मिनटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

एमालेले आफ्ना तत्कालीन १४ सांसदलाई कारवाही नगरेसम्म सदन चलाउन नदिने निर्णय गरेको छ । एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन् ।

एमालेले बुधबार संसद् बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुखविरुद्ध नाराबाजी गरेको थियो। लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन्। एमालेले सभामुख सापकोटाले संसदीय मर्यादा कायम नगरेको भन्दै रोष्टम अगाडि उभिएर नाराबाजी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *