आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

डिसी नेपाल
२३ भदौ २०७८ २३:२०

काठमाण्डौं । बलिउड अभिनेता अक्षय कुमारको आमाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अक्षयका आमा अरुण भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो । अक्षय कुमारको जन्मदिनको एक दिनअघि उनको आमाको निधन भएको हो ।

अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’

अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था विग्रिएपछि अक्षय बेलायतबाट चलचित्र ‘सिन्ड्रेला’को छायांकन छाडेर भारत फर्किएका थिए । अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अक्षयले आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न निर्मातालाई आग्रह गरेका छन् ।

आफू आवश्यक नहुने दृश्यको छायांकन जारी राख्न उनले निर्मातालाई आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षयको साथमा ९ वटा प्रोजेक्ट छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *