भिडियो सुटिङ गर्दा अभिनेत्रीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

डिसी नेपाल
२४ भदौ २०७८ १२:४०

काठमाडौं। पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । लाहोरको एक ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुट गरेको आरोपमा यो अरेस्ट वारेन्ट जारी गरिएको हो । सबा कमर र गायक बिलाल सइद अदालतका कैयौं सुनुवाइमा उपस्थित नभएपछि अदालतले उनीहरुविरुद्ध जमानती वारेन्ट जारी गरेको हो । अदालतले सुनुवाइ ६ अक्टोबरसम्मको लागि स्थगित गरेको छ ।

पाकिस्तानी अखबार डनका अनुसार लाहोर पुलिसले गत वर्ष सबा कमर र बिलाल सइदविरुद्ध पाकिस्तान दंड सहिंताको धारा २९५ अन्तर्गत मुद्दा दर्ता गरेको थियो । सबा र बिलालमाथि डान्स भिडियो सुटिङ गरेर लाहोरको मस्जिद वजीर खानको पवित्रता क्षति गरेको आरोप लगाइएको छ । एफआइआरका अनुसार यी दुईले मस्जिदमा एउटा डान्स भिडियो सुटिङ गरेका थिए जसका कारण निकै विवाद भएको थियो । पंजाब सरकारले मस्जिदको पवित्रता उल्लंघनको मुद्दामा दुई बरिष्ठ अधिकारीहरुलाई पनि बर्खास्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *