एमसीसीबारे धारण बनाउन चार दलको बैठक जारी

डिसी नेपाल
२४ भदौ २०७८ १६:४१

काठमाडौं। अमेरिकी सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन एमसीसीको विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादीको बैठक बसिरहेको छ ।

एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो ।

चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन ९एमसीसी०की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन् ।

उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *