थपिए १ हजार ५८ कोरोना संक्रमित, १ हजार ८४५ संक्रमणमुक्त

डिसी नेपाल
२४ भदौ २०७८ १६:३८

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७४ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल कोरोना पहिचान भएका सक्रिय संक्रमितको संख्या २८ हजा ६ सय ७८ रहेको छ ।नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ९०३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *