डब्लूएचओ भन्छ, स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ

डिसी नेपाल
२४ भदौ २०७८ १८:५४

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह छ ।

नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौत ल्याएको बताएका छन् । विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए ।

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायत तयारी प्रक्रियाका विभिन्न पक्षमा समेत छलफल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *