अझै घट्छ एमाले विभाजन असरकाे प्रतिशत
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेकामा विभाजनको असर धेरै नभएको बताएका छन्। कार्यकर्तासँगको कुराकानीमा उनले अझै त्यो प्रतिशतलाई २/३ मा झार्ने आश्वासन दिए।
नेकपा एमालेका पूर्व बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि देश भरका कार्यकर्ता बाडिँएका छन्। नेकपा एमालेमा अझै पनि ९० प्रतिशत बढी नेता तथा कार्यकर्ता रहेको र देशव्यापी अभियानमा झण्डै ९८ प्रतिशत पु¥याउने महासचिवको दाबी छ।
उनले पार्टी विभाजनका कारण एमालेमा परेको असरका बारेमा धेरैले जिज्ञासा राखेका कारण आफूले स्पष्ट पारेको बताएका हुन्। नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै महासचिव पोखरेलले आफू ओलीको ध्रुवबाट काम गरिरहेको जानकारी दिए।
उनले गठबन्धनको ध्रुवलाई अवसरवादी र सिद्धान्तहीनहरुको समूह भएको समेत टिप्पणी गरेका छन्। पार्टीको पक्षमा उभिएर काम गर्ने सबैलाई समेटेर अघि बढ्ने बताउँदै महासचिवले एमाले अझै शक्तिशाली बन्दै जाने दाबी गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment