कोरोना सङ्क्रमित वृद्ध मृत फेला

डिसी नेपाल
२७ भदौ २०७८ १२:५६
112
Shares

झापा । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन्। आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *