मनाङेले अझै बुझाएनन् सम्पत्ति विवरण भन्छन्ः “म सँग सम्पत्ति छ, छैन भन्‍न मिल्दैन”

डिसी नेपाल
२७ भदौ २०७८ १७:२१

काठमाडौँ । गण्डकी प्रदेशका मन्त्रीहरुले भाद्र २० मा सम्पत्ति विवरण सार्वजनिक गरे पनि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताएका छन् ।

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मनाङेले म्याद नाघिसक्दा पनि अझै पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।‘मेरो सम्पत्तिबारे म सँग के छ के छैन भन्ने कुरामा म आफैँ कन्फ्युज छु । मसँग सम्पत्ति छ, छैन भन्न त मिल्दैन’ उनले भने । उनले आफूले आफ्नो सम्पत्ति पहिलो श्रीमतीलाई दिएको र बाँकी सम्पत्ति छोराहरुको नाममा नामसारी गरिसकेको पनि बताए ।

‘मेरो सपत्ति फस्र्ट वाइफलाई दिइसकेको छु, छोराहरुको नाममा राखिएको छ,’ उनले भने, ‘अब त्यसलाई मेरो भनौँ भने समस्या आउँछ’ उनले भने, ‘अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला । मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।’ उनले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको पनि बताए । गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *