सुदूरपश्चिमकाे संस्कृति प्रवर्धन गर्न अमेरिकामा छायाङ्कन भयाे देउडा गीत

डिसी नेपाल
२८ भदौ २०७८ ७:४५

काठमाडाैं । अमेरिकाको ल्याक्सिङटनमा रहेका सुदूरपश्चिमी नेपालीहरुले आफ्नो संस्कृतिलाई प्रवर्धन गर्न देउडा गीतको भिडियो छायाँकन गरेका छन्। उनीहरुले त्यहाँ गौरा पर्वको अबसर पारेर यो पर्व मनाउँदै देउडा गीतको छायाँकन गरेका हुन्।

अमेरिकामा रहेर पनि भिडियो निर्देशनमा सक्रिय रहेका युवा चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा देउडा गीतको छायाँकन सम्पन्न भएको छ।

सोही भिडियो छायाँकनमा सहभागी भएका सुदूरपश्चिमका नेपालीहरुले सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूरपश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन्।

अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु आफ्नो हक हितका लागि यसरी संस्थागत रुपमा एकीकृत भएका हुन्।

उद्धवराज उप्रेतीको नेतृत्वमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह सचिबमा गोविन्द अवस्थी, कोषाध्यक्षमा विनोद पन्त रहेका छन्।

यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन्।

अध्यक्ष उप्रेतीले आफुहरु यस अघि नै संगठित भए पनि यसपटक आधिकारिक रुपमा सुदूरपश्चिम समाज ल्याक्सिङटन नै गठन गरेको बताएका छन्। उनका अनुसार अब यो समाजले सुदूरपश्चिमबाट अमेरिका पुगेर विभिन्न पेशमा रहेकाहरुलाई एकिकृत गरेर सुदूरपश्चिमको भाषा, संस्कृत, गीत संगीतको प्रवर्धन गर्ने छ।

चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहालले पनि यसरी सुदूरपश्चिमका साथीहरुले समाज गठन गरेर एकीकृत हुन राम्रो कार्य भएको बताएका छन्। यो समाजका पदाधिकारीले धेरै भन्दा धेरै सुदूरपश्चिमका नेपालीलाई समेटेर आफ्नो कला संस्कृति, भेषभुषा, गीतसँगीतको प्रवर्धनसँगै सामाजिक कार्यमा योगदान दिने विश्वास आफुले लिएको निर्देशक दाहालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *