एमसीसी पारित गर्नेलाई नेपाली जनताको अर्को क्रान्तिको भुमरीले उडाउँछःप्रकाण्ड
काठमाडौं। एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा बृहत कार्यक्रम गरेको छ।प्रदर्शन पछिको भेलालाई सम्वोधन गर्दै,नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार संकटको भुुमरीमा परेको आरोप लगाएका छन्।
प्रकाण्डले भने,देउवा सरकार ५५÷६० करोडको पैसामा राष्ट्रियता बेच्नुभयो भने,नेपाली जनताको अर्को क्रान्तिको भुमरीले उडाउने छ,त्यसैले मूर्खता नगर्नुुस्।
एमसीसी सम्झौता गरेर देउवा सरकारले एउटा गल्ती गरिसकेका छन्,प्रकाण्डले भने,‘अब अर्को गल्ती गर्ने प्रयास नगर्नुहोस्। राष्ट्रघाती सम्झौता खारेज गरेर गल्ती सच्याउनुहोस्।’एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो।उनीहरुले ’एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ’, ’एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो’, ’एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ लगायतका नारा लगाएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment