जब अवार्ड कार्यक्रममा अति बोल्ड भएर गए हलिउड अभिनेत्रीहरु, उडेको थियो सबैको होश

डिसी नेपाल
२९ भदौ २०७८ ११:२१

काठमाडौं। हामीले विभिन्न अवार्ड कार्यक्रममा हलिउड सेलिब्रेटीहरुलाई निकै बोल्ड लुकमा गएको देखेका छौं । तर, कहिलेकाहीँ यी सेलिब्रेटीहरु यतिसम्म बोल्ड भएर उत्रिन्छन् कि देख्नेहरुको होश उड्छ । हिजो भएको एमटिभी भिडियो म्युजिक अवार्डमा मेगन फक्सलाई देखेर पनि दर्शकहरुको हालत यस्तै भएको थियो ।

मेगनले रेड कार्पेटमा वाक गर्ने क्रममा निकै बोल्ड सी थ्रु ड्रेस लगाएकी थिइन् । यसको चर्चा अहिले देश विदेशमा भइरहेको छ । यो ड्रेसमा मेगन फक्स लगभग न्यूड नै देखिएकी थिइन् । तर, के तपाइँलाई थाहा छ मेगनभन्दा पहिले पनि कैयौं हलिउड सेलिब्रेटीहरुले बोल्ड र जोखिमपूर्ण पहिरन लगाएर रेड कार्पेटमा गएका छन् ।

सुपरमोडल बेला हदीदले ६९ औं कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सहभागिता जनाएकी थिइन् । २०१६ मा भएको यो इभेन्टमा बेलाले डिजाइनर अलेक्जान्ड्रे भाउथियरको निकै ग्ल्यामरस र रिस्की गाउन लगाएर गएकी थिइन् । बेलाले स्वयं एक अन्तरवार्ताको क्रममा आफू यो गाउनमा निकै नर्भस भएको बताएकी थिइन् । यो गाउन कम्मरसम्म स्लिट थियो ।

एमटिभी भिडियो म्युजिक अवार्डस २०१४ मा एम्बर रोजले आफ्ना त्यतिबेलाका पति र्यापर विज खलिफासँग रेड कार्पेटमा वाक गरेकी थिइन् । एम्बरले डिजाइनर लाउरा डेविटले डिजाइन गरेको आउटफिट लगाएकी थिइन् । यो आउटफिट एक नाइटको चेनमेल आर्मर र चेन लिंक फेन्सबाट प्रेरित थियो ।

किम कार्दाशियनकी बहिनी मोडल केन्डल जेनरले २०१७ मा मेट गालामा आफ्नो पहिरनका कारण सबैको होश उडाइदिएकी थिइन् । केन्डल जेनरको यो ड्रेस इटलियन फेशन हाउस ला पेर्लाले बनाएको थियो । यसमा ८५ हजार क्रिस्टल लगाइएका थिए । यी क्रिस्टललाई स्ट्रिङमा राखेर यो ड्रेस बनाइएको थियो ।

चर्चित गायिका बियोन्सेले २०१५ मा मेट गालामा बहुमूल्य रत्नहरुले बनेको पहिरन लगाएकी थिइन् । जवाहरातहरु जडीत उनको शीर ड्रेसले पनि निकै समय चर्चा पाएको थियो । उनी रेड कार्पेटमा त छाएकी थिइन् नै उनको यो लुकले उनका फ्यान र फेशन प्रेमीहरुको मानसपटलमा छुट्टै स्थान बनाएको थियो ।

२०१५ को ओस्कार अवार्ड समारोहपछि भएको आफ्टर पार्टीमा मोडल इरिना शायकले पनि आफ्नो पहिरनले सबको होश उडाएकी थिइन् । उनले कालो, शीर र निकै बोल्ड ड्रेस लगाएकी थिइन् । यो ड्रेसले मानिसहरुको ध्यान मात्र आफूतिर तानेर उनीहरु चकित र अवाक भएका थिए ।

सन् २००० को ग्रामी अवार्डको रेड कार्पेटमा जेनिफर लोपेजले भर्सेको सिल्क सिफन ड्रेस लगाएर गएकी थिइन् । यो ड्रेसमा निकै डीप नेकलाइन थियो जसले जेनिफरको बेलबटम समेत एक्सपोज गरिरहेको थियो । जेनिफरले आफ्नो यो लुकलाई भर्सेको स्प्रिङ फेशन शोको लागि रिक्रिएट पनि गराएकी थिइन् ।

भीएमए भन्दा पहिले मेगन फक्स यसै वर्ष बिलबोर्ड म्युजिक अवार्ड २०२१ मा अर्को निकै बोल्ड आउटफिटमा पुगेकी थिइन् । बिलबोर्ड म्युजिक अवार्डको रेड कार्पेटमा मेगन ब्वाइफ्रेण्ड मेसिन गन केलीको साथमा पुगेकी थिइन् । उनको यो लुकको पनि निकै चर्चा भएको थियो ।

अभिनेत्री तथा मोडल माइली साइरसले एमटिभी भिडियो म्युजिक अवार्ड २०१५ मा यो ड्रेस लगाएकी थिइन् । अटेलियर भर्सेले डिजाइन गरेको यो ड्रेस असलमा के थियो भन्ने कसैले पत्ता लगाउन सकेको छैन । कसैले यसलाई क्रप टप भनेका छन् भने कसैले एप्रोन र कसैले यसलाई सिल्भर मासअप भनेका छन् ।

एमटिभी भिडियो म्युजिक अवार्ड २००२ मा प्रसिद्ध गायिका क्रिस्टिना अगुइलेराले यो आउटफिट लगाएकी थिइन् । यसलाई देखेर त्यो समय खल्बली मच्चिएको थियो । आज पनि बोल्ड र रिस्की आउटफिटको कुरा हुँदा मानिसहरु यो आउटफिटलाई सम्झिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *