एलिना र नीलको ‘निर्मोही मायालु’ [भिडियो] – Dcnepal

एलिना र नीलको ‘निर्मोही मायालु’ [भिडियो]

काठमाडौं । एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनको नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् ।

गीतको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुन र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो