१६ हजार ८४४ परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण

डिसी नेपाल
३० भदौ २०७८ १६:३७

काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ८४४ जनाको परीक्षण गर्दा १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २२० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५२४ पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२० परीक्षण गर्दा ४२८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ७ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *