२४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, १६ सय ८९ निको

डिसी नेपाल
३१ भदौ २०७८ १७:०८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा बिहीबार थप ११ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार १५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९७१ परीक्षणबाट ३४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १७९ परीक्षणमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *