कोरोनाको बन्द, जनगणनाको सुरु

डिसी नेपाल
३१ भदौ २०७८ १७:४०

काठमाडौं । कोरोना भाइरसको त्रास बढिरहेको बेला नेपाल टेलिकमले यसको संक्रमण सतर्कता तथा सावधानीका लागि रिंगटोनमार्फत सचेतना सन्देश बजाउन थालेको थियो।

जसमा पटकपटक हात धुने, सामाजिक दूरी कायम गर्ने आदिजस्ता सावधानी अपनाउन आग्रह गरिहएको थियो तर, नेपाल टेलिकमले आजबाट कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो ।

नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल टेलिकम र एनसेलको रिङ्टोनमा कोभिड रोकथाम सम्बन्धी सन्देश बजाउन थालिएको थियो । झन्डै डेढ वर्षपछि मोबाइलमा फरक प्रकारको सन्देश बज्न थालेको हो ।

आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *