असोज ४ गतेदेखि यी स्थानमा लगाइने छ दोस्रो डोज

डिसी नेपाल
१ असोज २०७८ १७:०३

काठमाण्डौ । काठमाण्डौमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना अनुसार काठमाण्डौ महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइनेछ । यस्तै तार्केश्वर नगरपालिकाको ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नौ ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शङ्करापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ ।

यस्तै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *