मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई एक हप्ताभित्र हटाउँछौंः नेपाल

डिसी नेपाल
३ असोज २०७८ १६:२७

काठमाडौं । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् ।

उनले भने सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं, दुई नम्बर बलियो छौं । कर्णाली प्रदेशमा ओलीलाई टक्कर दिएर धूलो चटाइदिएका छौं । उनले भने, ‘१ र ३ (वाग्मती) प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं ।

‘हिजोको कुरा सम्झेर हुँदैन । त्यहाँको जम्मै ढोका बन्द भइसक्यो । हामीलाई फासीको सजाय दिइएको हुनाले ‘महाराजधिराजले’ आम माफीसमेत दिइसके । भोलिपल्ट फेरि सजाय दिए । फेरि मृत्युदण्डको सजाय दिएका छन्,’ ओलीतर्फ इंगित गर्दै उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस् । हामी यो पार्टीलाई अगाडि बढाउने छौं ।’ बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता नहुने उनले स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *