‘म नेपाल हो’ मा सन्तोषकाे पृथ्वीनारायणदेखि बुद्धसम्मको भुमिका

डिसी नेपाल
४ असोज २०७८ १२:२१
16
Shares

काठमाडौं । सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतको उपस्थीति रहेको थियो ।

निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवैजनाले मिलेर दिएका छन् । भने गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् । अजय अधिकारीको शब्द रचना रहेको गीतलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् । अमितेश कर्णको ड्रेस डिजाइन रहेको गीतमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयंले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि क्यारेक्टरमा अभिनय गरेका छन् । गीतको भिडियो हेरेपछि उपस्थीत पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *