बिग बोसमा यस्तो प्रतियोगीको प्रवेश हुँदै जसलाई कसैले देखेको छैन

डिसी नेपाल
५ असोज २०७८ १४:२३

काठमाडौं। राखी सावन्त आफ्नो व्यक्तिगत जीवनका कारण निकै चर्चामा रहिरहन्छिन् । उनको बिहेको खबर पनि निकै चर्चामा रह्यो । २०१९ मा उनले व्यवसायी रितेशसँग बिहे गरेकी थिइन् । तर, अहिलेसम्म राखीका पतिको अनुहार कसैले देखेको छैन । वा, देखेको भए पनि उनलाई राखीको पतिको रुपमा कसैले चिन्दैन ।

राखी प्रायः रितेशको बारेमा कुरा गरिरहन्छिन् । बिग बोसको घरमा पनि उनले रितेशको बारेमा धेरै कुरा गरेकी थियन् । अब राखीका पति पहिलो पटक सार्वजनिक रुपमा देखिन थालेको खबर बाहिरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार रितेश बिग बोस १५ मा राखीको साथमा आउनेछन् । रितेशले नै यो खबरको पुष्टि गरेका छन् ।

रितेशले भनेका छन् कि उनी बिगबोस १५ मा देखिँदैछन् । रितेशसँग उनको फोटो देखाउन भनिएपछि उनले ‘तपाइँ मलाई शोमा देख्नुहुनेछ’ भन्ने जवाफ दिए । २०१९ मा राखीले वेडिङ ड्रेसमा केही फोटो शेयर गरेकी थिइन् । त्यसपछि राखीको बिहे भएको खबर आएको थियो । राखीले भने यसलाई फोटोसुट भनेकी थिइन् तर पछि राखीले आफ्नो बिहे भएको स्वीकार गरेकी थिइन् ।

राखीका पति रितेश व्यवसायी हुन् तर उनलाई अझैसम्म कसैले देखेका छैनन् । राखीका अनुसार रितेश मिडिया र लाइमलाइटबाट टाढा रहन चाहन्छन् । राखी बिग बोसमा गएका बेला पनि रितेश समेत शोमा आउने भनिएको थियो तर यस्तो भएन । त्यसपछि रितेशले व्यवसायको व्यस्तताका कारण शोमा आउन नपाएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *