प्रियंका कार्की आमा बनिन्

डिसी नेपाल
६ असोज २०७८ १३:२३

काठमाडौं। अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन् । बुधबार सामाजिक संजालबाट उनले तस्वीर पोस्ट गर्दै आफू छोरीकी आमा बनेको जानकारी दिएकी हुन् । सामाजिक संजालमा उनले श्रीमानसँग छोरी काखमा लिएको तस्वीर पोस्ट गरेकी छिन् ।

उनले फोटोसँग क्याप्सनमा लेखेकी छिन् ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ ।’ उनले छोरीको नाम आयंका कार्की जोशी राखेको पनि घोषणा गरेकी छिन् । प्रियंका र आयुष्मानले २०७६ को फागुन १५ मा विवाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *