४० वर्षमाथिका सबैलाई खोप

डिसी नेपाल
६ असोज २०७८ १८:२४

काठमाडौँ । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको भेरोसिल खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई खोप उपलब्ध गराइने जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यही असोज ४ गते बसेको बैठकले आजदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो ।

पछिल्लो समय जिल्लाकासङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । जिल्लामा १०१ सक्रिय सङ्क्रमित छन् भने तीन हजार ४६० निको भइसकेको छ । जिल्लामा आठ पुरुष र पाँच महिला गरी १३ को ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *