पाकिस्तानको एयरस्पेसमा भारतीय प्रधानमन्त्रीको विमान

डिसी नेपाल
७ असोज २०७८ १०:३७

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका गएका छन् । अमेरिका जाने क्रममा उनको विमान पाकिस्तानको एयरस्पेस हुँदै गएको छ । भारत र पाकिस्तानबीच वर्षौंदेखिको दुश्मनीका कारण भारतीय प्रधानमन्त्रीको विमान पाकिस्तानको एयरस्पेस हुँदै उड्नुलाई अर्थपूर्ण र महत्वपूर्ण रुपमा हेरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा यो विमानले पाकिस्तानको एयरस्पेस हुँदै उड्न अनुमति मागेको थियो र पाकिस्तानले अनुमति पनि दिएको थियो ।

समाचार एजेन्सी पिटीआइका अनुसार मोदीको विमान पाकिस्तानको एयरस्पेसबाटै उडेको पुष्टि भएको छ तर भारत सरकारले औपचारिक रुपमा यस विषयमा केही भनेको छैन । फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार मोदीको विमान बोइङ ७७७–३३७ बुधबार बिहान नयाँ दिल्लीबाट उडेको थियो । त्यसपछि यो विमान पाकिस्तान, इरान हुँदै अमेरिका पुगेको थियो ।

सूत्रको दावीअनुसार पाकिस्तानले अन्तिम समयमा मोदीको विमान आफ्नो एयरस्पेसमा उड्न अनुमति दिएको थियो । यसअघि २०१९ मा मोदी साउदी अरब जाँदा पाकिस्तानले आफ्नो एयरस्पेसमा उड्न अनुमति दिएको थिएन । त्यसपछि त्यतिबेला मोदीले अर्कै रुट लिएका थिए । तर, अहिले पाकिस्तानले आफ्नो एयरस्पेसमा उड्न अनुमति दिनुलाई दुई देशबीचको सम्बनधमा केही सुधार भएको रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *