डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ

डिसी नेपाल
७ असोज २०७८ १७:३९
1.1k
Shares

काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने सर्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको अडियो सार्वजनिक भएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।

दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *