बलात्कार आरोपीलाई अदालतले सुनायो यस्तो विचित्रको सजाय !

डिसी नेपाल
८ असोज २०७८ १०:१६

काठमाडौं। बलात्कारका आरोपीलाई अदालतले निकै अनौठो र विचित्रको सजाय सुनाएपछि अहिले त्यसको चर्चा भइरहेको छ । भारतको बिहार राज्यको मधुबनी एडिजे अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ । आरोपी पेशाले धोबी हुन् । झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र शर्तमा जमानतमा रिहा गरेका हुन् ।

२० वर्षका ललन कुमारलाई १७ अप्रिलमा एक महिलासँग अभद्र व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ । १९ अप्रिलमा उनलाई पक्राउ गरिएको थियो । यो मुद्दामा चार्जशिट दर्ता भइसकेको छ । दुवै पक्षमा सम्झौता पनि भइसकेको छ । अदालतमा आरोपी ललनका वकिलले भनेका थिए कि उनका क्लाइन्टले आफ्नो पेशाको माध्यमबाट समाजसेवा गर्न चाहन्छन् । त्यसपछि अदालतले ललन कुमारलाई यस्तो सजाय सुनाएको हो ।

हिन्दूस्तान टाइम्सका अनुसार अदालतले ललन कुमारलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धने र आइरन गर्ने शर्तमा जमानतमा रिहा गरेका छन् । अदालतले ६ महिनापछि आरोपीले गाउँका मुखिया, सरपंच वा सरकारी अधिकारीबाट आफूले तोकिएको अवधि शर्तअनुसार काम गरेको प्रमाण पत्र लिएर त्यो प्रमाण पत्र अदालतमा पेश गर्न समेत आदेश दिएको छ । आरोपीले शर्तको पालना गरेको निगरानी गर्नको लागि गाउँका सरपंच वा मुखियालाई पत्र पनि पठाइएको छ ।

एडिजे अविनाश कुमार आफ्ना अनौठा फैसलाको लागि परिचित छन् । गएको अप्रिलमा एक शिक्षकले कोरोनाकालमा स्कुल खोलेका थिए । ती शिक्षकलाई ५ जना गरिब बालबालिकालाई १ कक्षादेखि ५ कक्षासम्म ३ महिनासम्म निःशुल्क पढाउने शर्तमा जमानत दिइएको थियो ।

यसबाहेक कुटपिटका एक आरोपीलाई उनले आफ्नो घर वरिपरीका नाली सफा गर्न आदेश दिएका थिए । यसबाहेक एक डकर्मीलाई उनले मन्दिरमा एक महिनासम्म राजमिस्त्रीको काम गर्ने शर्तमा जमानत दिएका थिर्ए भने अन्य २ आरोपीलाई बाढीपीडितहरुलाई निःशुल्क दाल दिने शर्तमा जमानत दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *