सुदूरपश्चिमः ३४ मा कोरोना सङ्क्रमण

डिसी नेपाल
८ असोज २०७८ २२:३८

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज (शुक्रबार) थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ७०को नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चौँतीसमध्ये २२ जनामा पीसीआर र १२ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा तीन र जिल्ला अस्पताल बैतडीमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका १२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार प्रदेशमा ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना सङ्क्रमणमुक्त भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *