नेकपा एमालेमा समूहगत छलफल जारी, केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

डिसी नेपाल
९ असोज २०७८ ८:५७

काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। शुक्रबार बैठकमा पेस भएको विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमा आज बिहान ११ बजेदेखि समूहगत छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ। केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको भट्टराईले बताए। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ।

‘समूहगत छलफलको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने छ,’ भटराईले भने, ‘आज विहान ११ बजेदेखि समूहगत छलफल हुने छ। केन्द्रीय कार्यसमितिको पूर्ण बैठक दिउँसो ३ बजे बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनले जानकारी दिए । एमालेले १५–१७ असोजमा पहिलो विधान महाधिवेशन गर्ने मिति तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *