पैसाका लागि अर्बपतिकी छोरीको शारीरिक सम्बन्धका क्रममा हत्या, दुर्घटना भनेर उम्किने प्रयास

डिसी नेपाल
९ असोज २०७८ ११:४६

काठमाडौं। एक व्यक्तिमाथि पैसाको लागि आफ्नी गर्लफ्रेण्डको हत्या गरेको आरोप लागेको छ । उनले जुन युवतीको हत्या गरेका थिए उनी अर्बपतिकी छोरी थिइन् र उनको खातामा ठूलो रकम थियो । हत्यापछि उनको क्रेडिट कार्ड, एटिएम आदि पनि ब्वाइफ्रेण्डले नै गायब पारेको आरोप लगाइएको छ । यो केसमा अदालतमा सुनुवाइ चलिरहेको छ । सुनुवाइका क्रममा आरोपीले आफ्नी प्रेमिकाको ज्यान कसरी गयो भन्ने विषयमा आफ्नो दलील दिएका छन् ।

द सनको रिपोर्टअनुसार स्विट्जरल्याण्डको एक होटलको कोठामा बेलायती युवती २२ वर्षकी एना रिड मृत अवस्थामा भेटिएकी थिइन् । होटलमा उनी आफ्ना जर्मन ब्वाइफ्रेण्ड मार्क शेजलसँग बसेकी थिइन् । शेजल एक बाउन्सर हुन् । उनीमाथि लगाइएको आरोपअनुसार डाक्टरलाई बोलाउनुभन्दा पहिले उनले एनाको हत्या गरेका थिए । अदालतमा यो केसमा सुनुवाइको क्रममा शेजलले एनाको मृत्यु ‘सेक्स गेम’को क्रममा भएको दावी गरेका छन् ।

पोस्टमार्टम रिपोर्टमा एनाको मृत्यु घाँटी थिचिएका कारण भएको खुलासा भएको छ । उनको शरीरमा साना साना कटका चिन्ह थिए साथै फ्याक्चर पनि थियो । पब र नाइट क्लवमा बाउन्सरको काम गर्ने मार्क शेजलले शारीरिक सम्बन्धका क्रममा एनाको घाँटी थिचेको दावी गरिएको छ ।

सुनुवाइमा बताइएअनुसार शेजललाई ४० हजार पाउण्ड (नेपाली रुपैयाँ ६५ लाख) ऋण लागेको थियो । यस्तोमा उनले आफ्नी गर्लफ्रेण्डको खातामा २५ हजार पाउण्ड (४० लाख रुपैयाँ) भएको थाहा पाएपछि उनले यो पैसा हडप्ने योजना बनाए । उनले पहिले एनाको हत्या गरे त्यसपछि यसलाई शारीरिक सम्बन्धका क्रममा दुर्घटनावश भएको मृत्यु भनेर उम्किने प्रयास गरे । अदालतले छिटै यो केसमा फैसला सुनाउन सक्ने समाचारमा जनाइएको छ ।

सुनुवाइका क्रममा घटनाको दिन उनीहरुको कोठाको आसपासका अन्य कोठामा बसेका व्यक्तिहरुले त्यस रात उनीहरुको कोठाबाट लडाइँको आवाज आएको बताए । त्यो कोठाबाट भाँडा वा काँच फुटेको पनि आवाज आएको थियो । एनाले शेजलले आफूसँग लिएको रकमको हिसाब मागेपछि उनीहरुबीच झगडा भएको दावी गरिएको छ किनकि शेजलसँग भेट भएपछि एनाको खर्च निकै बढेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *