भारतीय अधिकारकर्मी कमला भासिनको निधन

डिसी नेपाल
९ असोज २०७८ १९:३७

काठमाडौं । चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । क्यान्सर पीडित भासिनको शनिबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

भासिनले निरन्तर महिला अधिकारका क्षेत्रमा क्रियाशील रहेर दक्षिण एसियामा नारीवादी आन्दोलनलाई उचाईंमा पुर्‍याउनमा योगदान दिएकी छन् । २४ अप्रिल १९४६ मा भारतको राजस्थानमा जन्मिएकी भासिन महिलावादी आन्दोलनको नेटवर्क ‘संगत’ अभियानमा आबद्ध थिइन् ।

भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित छन् । समाज वैज्ञानिकका रुपमा चिनिने भासिन महिलावादी ‘आइकन’ का रूपमा प्रख्यात प्रख्यात छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *