खाेटाङका १० तहमध्ये ९ मा कांग्रेसकाे नेतृत्व चयन

डिसी नेपाल
१० असोज २०७८ ८:३२
72
Shares

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई कांग्रेसको नगरसभापतिमा निर्वाचित भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट राई नगरसभापति निर्वाचित भएका हुन्।

शनिबार राति घोषित मत परिणामअनुसार राईको प्यानल विजयी भएको कांग्रेसले जनाएको छ। उनको प्यानलबाट उपसभापतिमा काशिराज राई र देवेन्द्र राई, सचिवमा कमल गिरी र किशोरकुमार बस्नेत, सह–सचिवमा खेमराज कार्की र युवराज कार्की विजयी भएका छन्। यस्तै, केपिलासगढी गाउँपालिकामा हेमन्त राई गाउँपालिका सभापतिमा निर्वाचित भएको कांग्रेसले जनाएको छ। केपिलासगढीको मत परिणाम पनि शनिबार राति सार्वजनिक भएको हो।

यस्तै, चुनावी प्रकृयाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा पालिका सभापति लगायत चयन गरिएको छ।

ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकाका दिपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका बिजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन्।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिवेशन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिवेशनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिवेशन सुरु गर्ने सहमति भएको कांग्रेसले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *