पुष्पा लिम्बूको हत्या भएकाे प्रहरीकाे निष्कर्ष, अभियुक्त आजै सार्वजनिक गरिने

डिसी नेपाल
१० असोज २०७८ १०:३७

ताप्लेजुङ। ७ असोजमा मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। पुष्पाको हत्या नै भएको र अभियुक्तसमेत पक्राउ परिसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले अनुसन्धानको क्रममा पक्राउ परेका एक व्यक्तिले घटना स्वीकार गरिसकेको जानकारी दिए। उनले आजै घटना विवरण सार्वनजनिक गरिने बताए।

‘सुरुमा घटना बारे जानकारी नभएको बताएका ति व्यक्तिले पछि हत्या स्वीकार गरेका छन्’, राणाले भने । प्रहरी नियन्त्रणमा रहेका उनै व्यक्तिविरूद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका थिए।

मृतकका आफन्तले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै अनुसन्धान फितलो भएको र शव उठाउने बेलामा मृतकका आफन्तको अनुमति नलिएको भन्दै तथ्य भन्दा बाहिर गए आन्दोलनमा जाने बताएका छन्।

पुष्पाको शव फुङ्लिङ नगरपालिका–७ को सेती चौतारा तल निगाले भीरमा ७ असोज दिउँसो फेला परेको थियो। पुष्पाको हत्या भएकोले दोषी पत्ता लगाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने भन्दै पुष्पाका आफन्त पोष्टमार्टका लागि समेत तयार नभएपछि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *