शम्भु र मेलिनाको ‘झिल्के साडी’मा नाजीर र अनिता [भिडियो]

डिसी नेपाल
१० असोज २०७८ १३:१२
72
Shares

काठमाडौँ। शम्भु राई र मेलिना राईको स्वरमा नयाँ गेट भिडियो सार्वजनिक गरिएको छ। ‘झिल्के साडी’बोलको गीतमा शब्द तथा संगीत शम्भु राईको रहेको छ। लोक लयको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ।

श्रद्दा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोले फिचर्ड छन्। सुर्यलामाले डिओपी संगै ड्रोन र सम्पादनको कार्य सम्हालेका छन्। त्रिलोक लामा र राकेशले छायाँकन गरेको भिडियोलाई अभि लामाले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियो शम्भु राई श्रद्दा रेकर्डिङ्ग अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। शम्भु राईका दर्जनौं सुपरहिट गीतहरु छन्।

चिठी तिमीलाई,एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *