एक सय दिनमा ८ लाख जनाको नरसंहार गर्ने बागोसोराको मृत्यु

डिसी नेपाल
१० असोज २०७८ १३:३३

किगाली । सन् १९९४ को नरसंहारका प्रमुख नाइके तथा रूवान्डाली सेनाका पूर्व कर्णेलको मालीमा मृत्यु भएको थियो । थिवन्सटी बागोसोराको ८० वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको हो । मुटुसँग सम्बन्धित समस्यापछि उनको उपचारका क्रममा एक अस्पतालमा मृत्यु भएको हो ।

नरसंहारको समयमा उनी रूवान्डाको रक्षामन्त्री थिए । राष्ट्रसंघको अपराधसम्बन्धी अदालतले बागोसोरालाई आजिवन कारावासको सजाँय सुनाएको थियो । तर, पछि अर्को एक फैसलामा उनीमाथि लागेको सजाँय घटाई ३५ वर्ष कायम गरिएको थियो ।

तुत्सी जातीय समुदायको विद्रोह दबाउन उनी मुख्य भूमिकामा थिए । एक सय दिन लामो नरसंहारमा करिव आठ लाख जनाको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश तुत्सी समुदायका थिए ।

१९९४ को ६ अप्रिलमा एक समूहले रूवान्डाका तत्कालिन राष्ट्रपति जुभेनेल हावयारिमनाको गोली हानेर हत्या गरेपछि नरसंहार सुरु भएको थियो ।

सन् १९९६ मा पक्राउ परेका बागोसोरालाई अन्तर्राष्ट्रिय अदालतले मानवताबिरोधी अपराध गरेको अभियोगमा आजिवन कारावासको सजाँय सुनाएको थियो । तीन वर्षपछि उनीमाथिको सजाँय घटाएर ३५ वर्ष कायम गरिएको थियो ।

यसै वर्षको सुरुमा आफूलाई रिहाई गर्न उनको तर्फबाट गरेका वकिलको निवदेनलाई अदालतले अस्वीकार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *