अमेरिकामा दौडिरहेको ट्रेन पटरी छाडेर उछिट्टियो

डिसी नेपाल
१० असोज २०७८ १५:५१

काठमाडौं। अमेरिकामा एउटा दौडिरहेको ट्रेन पटरी छाडेर उछिट्टिएको छ । यो दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ र ५० जनाभन्दा धेरै घाइते भएका छन् । यो दुर्घटना स्थानीय समयअनुसार शनिबार बेलुकी ५ बजे जपलिन नामको एउटा सानो गाउँनजिक भएको हो ।

एमट्रयाक एम्पायर बिल्डर प्यासेन्जर सर्भिसका कैयौं डिब्बा पटरी छाडेर बाहिर गएका थिए । एमट्रयाकले रेलमा १४१ यात्रु र १६ जना चालकदलका सदस्य भएको बताएको छ । कम्पनीले उद्धारकर्मीले यात्रुहरुलाई निकाल्ने काम गरिरहेको बताएको छ । अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले यो घटनाको जाँच सुरु गरेको छ । ट्रेन शिकागोबाट सिएटल जाँदै थियो ।

सिएटल जाँदै गरेका यात्री मेगन वेन्डरवेस्टनेले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै आफू ट्रेन पटरीबाट बाहिर पुगेपछि ब्युँझिएको बताएकी छिन् । सामाजिक संजालमा यो घटनाका कैयौं तस्वीर शेयर गरिएका छन् । फोटोमा ट्रेनका डिब्बाहरु पटरीबाहिर झुकेको र सामान छरिएको देख्न सकिन्छ । राज्यका सिनेटर स्टिभ डाइन्सले स्थितिको निगरानी गरिरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *