थप ८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु – Dcnepal

थप ८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ७३६जनाको परीक्षण गर्दा ८३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २७९ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार १४७ परीक्षण गर्दा १०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो