‘रेड जोन’मा रहेका नौ जिल्ला

डिसी नेपाल
१० असोज २०७८ १७:४४

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ७३६जनाको परीक्षण गर्दा ८३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २७९ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार १४७ परीक्षण गर्दा १०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जल्लामा सक्रिय संक्रमितको संख्या चार हजार ५५८ छ ।

उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, मकवानपुर, कास्की र रुपन्देही गरी नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । त्यस्तै, धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट चितवन, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, गोरखा, स्याङजा, तनहुँ, पर्वत, दाङ, बाँके, पाल्पा, सुर्खेत र कैलाली गरी २० जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमित २०० भन्दा कम छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *