टिपरको ठक्करबाट चालकको मृत्यु, राजमार्ग अवरुद्ध

डिसी नेपाल
११ असोज २०७८ १०:४०

झापा। ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडी चालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका छन्।

प्रदेश नम्बर-०३-००१ क ०९५ नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो। ठक्करबाट हाथी गाडीका चालककको मृत्यु भएको थियो। मृतक दमक ९ का अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीयले अहिले टायर बालेर राजमार्गअवरुद्ध गरेका छन्। इलाका प्रहरी कार्यालय दकमका डिएसपी नवराज कार्की नेतृत्वकाे प्रहरी टाेलीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *