भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का

डिसी नेपाल
१३ असोज २०७८ २२:०८

काठमाडौँ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको भाइरल ज्वरोको कारण मृत्यु भएको छ ।

गएको तीन हप्तादेखि ज्वरो आएकामा उनलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो । जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिए ।

भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो । उनले भने, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो ।” अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो । आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ । स्वाबको रिपोर्ट भने आउन बाँकी छ । पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताए । उनले भने, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ ।”

मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतकको शव घर लगिएको छ । घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *