इक्वेडरको कारागारमा झडप, कम्तिमा एक सय कैदीको मृत्यु

डिसी नेपाल
१४ असोज २०७८ ७:४६

क्विटो । इक्वेडरको एउटा कारागारमा रहेका कैदीबीच झडप हुँदा एक सय भन्दा बढी कैदीको मृत्यु भएको छ। दुई पक्षका कैदीबीच झडप हुँदा अरू दर्जनौं घाईते भएका छन्। कारागारमा भएको पछिल्लो हिंसा इक्वेडरको इतिहासमा अहिलेसम्मकै डरलाग्दो भएको बताइएको छ।

ग्वायाक्विल सहरमा मंगलबार भएको सो हिंसामा कम्तिमा पाँच बन्दीको टाउको काटिएको छ भने अन्य केहीको गोली लागेर मृत्यु भएको छ। कैदीले भाला, खुकुरी र बिस्फोटक पदार्थसमेत पड्काएको जनाइएको छ।

कारागारमा रहेका व्यक्तिलाई त्यस्तो हतियार कहाँबाट उपलब्ध भयो भन्ने बारेमा केही खुलाइएको छैन्। कैदीहरुले ग्रिनेडसमेत प्रहारसमेत गरेको सो जिल्लाका प्रहरी कमान्डर फाउस्टो बुनानोले बताए।

झडपछि कारागार नियन्त्रणमा लिन चार सय प्रहरी अधिकारीलाई घन्टौं समय लागेको थियो । सो कारागारमा दुव्र्यसनीका बन्दीलाई राखिएको थियो।

जेलमा रहेको मेक्सिकोका लागू औषध तस्करको एउटा समूहले सुरुमा आक्रमण गरेको थियो।

जेलमा भएको नरसंहार इतिहासमै डरलाग्दो घटना भएको इक्वेडरको कैदी सेवाका निर्देशक बोलिभर गारजोनले जानाकारी दिए।
गत वर्ष अर्को एक कारागारमा बन्दीबीच झडप हुँदा कम्तिमा ८० कैदी मारिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *