पाकिस्तानका विषयमा रुसको अहम घोषणा, भारत चिन्तित

डिसी नेपाल
१४ असोज २०७८ १०:४९

काठमाडौं। रुस र पाकिस्तानको बीचमा निकटता बढिरहेको छ । यो सम्बनध गहिरिनुलाई रुस र भारतबीचको सम्बनधमा आएको दूरीको नतिजाको रुपमा पनि हेरिएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार रुसी र पाकिस्तानी रक्षा मन्त्रालयले दुई देश रक्षा सहयोग बढाउन तयार रहेको पुष्टि गरेका छन् । तासका अनुसार रुसी उप रक्षामन्त्री अलेक्जेन्डर फोमिनले बुधबार इस्लामाबादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो बताएका हुन् ।

फोमिनले भने ‘वार्ताका क्रममा दुवै पक्षले पारस्परिक हितका सम्बनधमा भएको प्रगतिको प्रशंशा गर्यौं र सैन्य सहयोग बढाउने कुरामा सहमत भएका छौं । तासका अनुसार रुस र पाकिस्तानमा द्विपक्षीय सम्बन्धलाई लिएर सरगर्मी बढेको छ । फोमिनले दुई देशबीचको बढ्दो सम्बनध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाको लागि निकै अहम भएको बताएका छन् ।

फोमिनले पाकिस्तान ती सीमित देशहरुमध्ये एक भएको बताए जुन देशहरुले महामारीका क्रममा पनि पूर्व निर्धारित कार्यक्रमहरुमा कटौती गरेनन् । पछिल्ला केही वर्षका दुई देशको सम्बन्धले निकै गति लिएको बताउँदै फोमिनले रक्षा सहयोगका विषयमा अहिले निकै अहम सहमति बनेको बताए । यसअघि १४ सेप्टेम्बरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा बदलिँदो अवस्थाबारे फोनमा कुरा गरेका थिए ।

रुस र पाकिस्तानको बीचमा बढ्दो यो सम्बन्धले भारतको भने चिन्ता बढाएको छ । यस क्षेत्रमा क्षेत्रीय शक्तिको रुपमा स्थापित हुन चाहिरहेको भारतको महत्वाकांक्षालाई पाकिस्तान र रुसको यो सम्बन्धले ठूलो धक्का दिनेछ । भारतको पक्षधर मानिएको अमेरिका पनि पछिल्लो समय अफगानिस्तानबाट बाहिरिइसकेको छ । यस्तोमा चीन र रुसजस्ता महाशक्तिसँग भारतको कट्टर दुश्मन मानिने पाकिस्तानको सम्बनध सुमधुर हुँदै जानु भारतको लागि चिन्ताको विषय हो ।

पछिल्लो समय १ महिनाभन्दा पनि कम समयमा रुस र पाकिस्तानका सरकार प्रमुखबीच २ पटक फोनमा वार्ता भइसकेको छ । १४ सेप्टेम्बरभन्दा पहिले २५ अगष्टमा पनि पुटिन र खानबीच टेलिफोन वार्ता भएको थियो । पाकिस्तानका प्रधानमन्त्रीले पुटिनसँग भएको कुराकानीबारे एक बयान जारी गर्दै दुवै राष्ट्राध्यक्षबीच एससीओ अर्थात शांघाइ कोअपरेशन अर्गनाइजेसनमा सहयोग बढाउने विषयमा छलफल भएको बताएका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो देश रुससँगको सम्बन्धलाई अझै बलियो बनाउन प्रतिबद्ध रहेको बताउँदै व्यापार र लगानीको क्षेत्रमा दुई देशबीच व्यापक सम्भावना रहेको र पाकिस्तानले रुससँग मिलेर ग्यास पाइपलाइन परियोजना छिटो पूरा गर्न चाहेको बताएका थिए । यही वर्षको अप्रिलमा रुसी विदेशमन्त्री सर्गेइ लावरोभ पाकिस्तान गएका थिए । गत वर्ष पाकिस्तानका रक्षा मन्त्री रुस गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *